भद्रपुर । कोरोना संक्रमणका कारण छोराको मृत्यु भएको एक सातापछि बुवाको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।

साविक महेशपुर १ मन्त्रीबारी हाल भद्रपुर वडा नं ४ का ७६ बर्षिय सुरेनचन्द्र राजवंशीको कोरोनाका कारण आज बिहान ४ बजे आफ्नै निजी निवासमा मृत्यु भएको हो । गत शुक्रबार पिसिआर टेस्ट गराउँदा पोजेटिभ देखिएपछि उनी होमआइसोलेसनमा रहेका थिए ।

गत साता उनका छोरा ४८ बर्षिय अनुप राजवंशीको पनि कोरोनाका कारण मृत्यु भएको थियो । मृतक पूर्व राष्ट्रिय पञ्चायतका उपाध्यक्ष तथा पूर्व राज्य मंन्त्री स्व गोपालचन्द्रसिंह राजवंशीका सहोदर भाइ हुन् ।