झापा । पछिल्लो २४ घण्टामा झापाका २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १३० जना महिला छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर विधि परीक्षणबाट १२४ महिलासहित २८१ जना र एन्टिजेनतर्फ ६ महिलासहित १५ जनामा संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी दमक नगरपालिकामा ४५ महिलासहित ८९ जना संक्रमित थपिएका छन् । यस्तै, बिर्तामोडमा २२ महिलासहित ४३ जना, भद्रपुरमा ११ महिलासहित ३२ जना, मेचीनगरमा १० महिलासहित ३४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, अर्जुनधारामा ८ महिलासहित २४ जना, बुद्धशान्तिमा ८ महिलासहित २० जना, कनकाईमा ७ महिलासहित २४ जना, शिवसताक्षीमा ४ महिलासहित ८ जना, बाह्रदशीमा ५ महिलासहित ७ जना, गौरादहमा ६ महिलासहित ७ जनामा संक्रमण पुष्टि भएको छ ।
कोभिड फोकल पर्सन जीवन चम्लागाइँका अनुसार कचनकवल र कमलमा ३-३ जना, झापामा ५ जना, हल्दिबारीमा ३ जना र ठेगाना नखुलेका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यो सँगै झापामा कुल संक्रमितको संख्या ८ हजार ५०७ पुग्दा सक्रिय संक्रमितको संख्या ३ हजार ३६५ रहेको छ ।
बुधबार झापामा ३९ जनाले कोरोना जितेर घर फर्किएका छन् । यसरी कोरोना जित्नको संख्या ४ हजार ९६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा झापाका ७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । भद्रपुरका ३ जना पुरुष, अर्जुनधाराका १ महिला र १ पुरुष, बिर्तामोड १ महिला र दमकका एक पुरुषको ज्यान गएको हो ।