बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २३४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर विधिबाट २१५ जना र एन्टिजेनतर्फ १९ जना संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये ८७ जना महिला छन् । सबैभन्दा बढी दमकका ८७ जना छन् । जसमा ३४ जना महिला संक्रमित हुन् । यस्तै, बिर्तामोडका ११ महिलासहित ३५ जना र भद्रपुरका १४ महिलासहित ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, कनकाईमा ८ महिलासहित १५ जना, मेचीनगरमा २ महिलासहित १२ जना, अर्जुनधारामा ४ महिलासहित १२ जना, हल्दिबारीमा ३ महिलासहित ८ जना, गौरीगञ्ज र शिवसताक्षीमा समान २-२ महिलासहित ४-४ जना, बुद्धशान्ति र बाह्रदशीमा समान १-१ महिलासहित ४ -४ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड फोकल पर्सन जीवन चम्लागाईका अनुसार कमलमा २ महिलासहित ५ जना, कचनकवलमा १ महिलासहित ७ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

यो सँगै झापामा कुल संक्रमित संख्या पीसीआरतर्फ ९ हजार १३४ र एन्टिजेनतर्फ ५०२ पुगेको छ भने ३ हजार ७२३ जनाको उपचार भइरहेको छ ।

यसैबीच, कोरोनालाई जितेर आज सर्वाधिक १०९ जना घर फर्किएका छन् । कोरोना जित्नेको कुल संख्या ५ हजार २१८ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण झापाका ६ जनाले ज्यान गुमाएका छन् । जसमा मेचीनगर, दमक, गौरादह, बुद्धशान्ति, हल्दिबारी र कनकाईका बासिन्दाको ज्यान गएको हो ।