झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाकाे विभिन्न पालिकामा नेपाल विद्यार्थी संघले राँके जुलुस निकालेको छ ।

प्रम ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले आज साँझ झापामा राँके जुलुश निकालेको हो ।

नेविसंघ जिल्ला समिति झापा र नगर समिति बिर्तामोडको आयोजनामा बिर्तामोडमा राँके जुलुश निकालियो । कोरोना संक्रमणका कारण सामाजिक दूरी कायम गर्दै १० जनाले मात्र जुलुश निकालेको जिल्ला नेता याम भुजेलले जानकारी दिए ।

त्यस्तै नेविसंघ बाह्रदशीले पनि आज साँझ राँके जुलुश निकाल्यो । राजगढ बजार पेरिफेरिमा जुलुस निकाल्दै कोणसभा गरिएको थियो । कोणसभालाई नेविसंघ सभापति मिलन बस्नेतले सम्बोधन गरेका थिए ।