भद्रपुर । भद्रपुरमा छोराको कोरोना संक्रमणबाट मृत्यु भएको केही घण्टामै बुवाको पनि मृत्यु भएको छ ।

भद्रपुर २ का ५८ वर्षिय छोराको कोरोना संक्रमणबाट आइतबार दिउँसो मेची अस्पतालमा मृत्यु भएको थियो । छोरोको अन्त्येष्टि गरेको केही समयभित्रै उनका ९२ वर्षिय बुवाको पनि साँझ मृत्यु भएको हो ।

तर, मृत्यु भएका बृद्धको पिसिआर परीक्षण गरिएको थिएन । अस्वस्थ्य रहेका ती बृद्धको घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले बताए । उनले नगरपालिकासँग समन्वय गरी स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर ती बृद्धको अन्त्येष्टि गरिएको जानकारी दिए ।

त्यस्तै भद्रपुर ४ का अर्का एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पराजुली थरका व्यक्तिको नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको जनाइएको छ ।