काठमाण्डौ । गएको २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार आठ सय ४६ जनाको पीसीआर विधाबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक सय ८५ जना सङ्क्रमितको ज्यान गएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।

यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।