शनिश्चरे । अर्जुनधाराका कोरोना संक्रमित एक व्यक्तिको आज मृत्यु भएको छ ।
अर्जुनधारा ११ का ६० वर्षीय चौधरी थरका पुरुषको होम आइशोलेसनमै मृत्यु भएको हो । उनलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
चौधरीको शवलाई परिवारका आफन्तले नै कनकाई माइमा अन्त्येष्टि गरेको अर्जुनधारा नगर स्वास्थ्य शाखाले जनाएको छ । परिवारका आफन्तले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अन्त्येष्टि गरेको कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।
यो सँगै कोरोनाको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।