बिर्तामोड । बिहीबार झापामा २३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमित भएकामध्ये १०३ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमा पीसीआर परीक्षणबाट १९७ जना र एन्टिजेनतर्फ ३४ जना रहेका छन् । २३१ जनामध्ये १०४ जना महिला छन् ।

सबैभन्दा बढी बिर्तामोडका ४६ जना छन् । जसमा १८ जना महिला हुन् । यस्तै, दमकमा २४ महिलासहित ४२ जना, कनकाईमा ११ महिलासहित ३५ जना, बुद्धशान्तिमा १० महिलासहित २४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, शिवसताक्षीमा ९ महिलासहित १८ जना, कचनकवलमा ५ महिलासहित १५ जना, भद्रपुरमा ६ महिलासहित १२ जना, मेचीनगरमा ५ महिलासहित ९ जना, अर्जुनधारामा ५ महिलासहित ९ जना, कमलमा ३ महिलासति ६ जना र झापा गाउँपालिकामा २ महिला र २ पुरुषमा पनि संक्रमण भएको छ ।

यस्तै, हल्दिबारी र बाह्रदशीमा २-२ महिला, १-१ पुरुष, गौरीगञ्जमा ३ पुरुष, गौरादहमा १ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका छन् ।

यसैगरी, कोरोना संक्रमणका कारण बिहीबार झापाका ३ जनाको ज्यान गएको छ । मेची अस्पतालमा उपचाररत भद्रपुर ८ की ८८ वर्षीया महिला, भद्रपुर ९ का ४३ वर्षीय पुरुषको बिएन्डसीमा र झापा ५ का ७८ वर्षीय पुरुषको होम आइशोलेसनमा मृत्यु भएको हो ।