अर्जुनधारा । कारोना भाइरसबाट संक्रमण भएका अर्जुनधाराका एक युवाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

अर्जुनधारा ११ निवासी ४० वर्षीय कटुवाल थरका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतका अनुसार बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा गएराति मृत्यु भएको हो । उनको स्थानीय देउनिया खोलामा नेपाली सेनाले अन्त्येष्टि गर्ने भएको छ ।

यो सँगै कोरोना संक्रमणको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।