झापा । मेचीनगरका दुईसहित झापाका ६ जना कोरोना संक्रमितको २४ घण्टाभित्र मृत्यु भएको छ ।

मेचीनगर १२ का ४२ वर्षिय मेचे समुदायका पुरुषको आज दिउँसो धाइजन स्वास्थ्य चौकीमा मृत्यु भएको हो । उनलाई जेठ ७ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै मेचीनगर ५ का ६६ वर्षिय बृद्धको मेची अस्पतालमा उपचारका क्रममा गएराति १०ः३० बजे मृत्यु भएको छ । उनलाई जेठ ९ गते मेची अस्पतालमै परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

त्यस्तै बुद्धशान्ति ३ की ७७ वर्षिया बृद्धालाई उपचारका लागि मेची अस्पताल ल्याउँदै गर्दा आज बाटैमा मृत्यु भएको छ । जेठ ३ गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेकी थिइन् ।

त्यस्तै अर्जुनधारा ९ की ५४ वर्षिया महिलाको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको छ । उनको बिर्ता सिटी हस्पिटलमा आज दिउँसो मृत्यु भएको हो । यो सँगै अर्जुनधारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

त्यस्तै दमक ८ का ७४ बर्षिय पुरुषको आज बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ । यस्तै बिर्तामोडका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड १ निवासी बस्नेत थरका ७८ वर्षिय बृद्ध रहेका छन् ।

उनको उपचारका क्रममा हिजो बेलुका ७ बजे बिर्तासिटी हस्पिटलमा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिएका छन् । योसँगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या २४० पुगेको छ ।