बिर्तामोड । झापाका थप २२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९८ जना महिला छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर परीक्षणबाट १५५ र एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी भद्रपुर नगरपालिकाका ५९ जना संक्रमित भएका छन् । जसमा २३ जना महिला छन् ।

यसैगरी, मेचीनगरका १९ महिलासहित ३६ जना, अर्जुनधाराका १३ महिलासहित ३२ जना, दमकका १४ महिलासहित २० जना, हल्दिबारीका ६ महिलासहित १९ जना र शिवसताक्षीका ३ महिलासहित १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बिर्तामोडमा १३ जना, बुद्धशान्तिमा ७ जना, गौरादहमा ४ जना, कनकाईमा ४ जना, गौरीगञ्ज, झापा र बाह्रदशीमा २-२ जना, कचनकवलमा ३ जना, कमलमा ४ जना र ठेगाना नखुलेका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

आज झापाका १०८ जनाले कोरोना जितेर घर फर्किएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा झापाका २ जनाले ज्यान गुमाएका छन् ।

मेचीनगर ५ का ८३ वर्षीय पुरुषको बिएन्डसीमा र अर्जुनधारा ३ की ५३ वर्षीया महिलाको मेची अस्पतालमा मृत्यु भएको हो ।