बिर्तामोड । पछिल्लो २४ घण्टामा दमकका ६८ जनासहित झापामा २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १०४ जना महिला छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर परीक्षणाबाट १९९ जना र एन्टिजेनबाट ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दमकका ४१ महिलासहित ६७ जना रहेका छन् ।
यस्तै, भद्रपुरका १५ महिलासहित ३२ जना, बिर्तामोडका १३ महिलासहित ३० जना, अर्जुनधाराका ७ महिलासहित २१ जना, कनकाईका ६ महिलासहित १४ जना, बुद्धशान्तिमा ५ महिलासहित १२ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी, गौरीगञ्जमा २ महिलासहित ८ जना, शिवसताक्षीमा ५ महिलासहित ७ जना, बाह्रदशीमा २ महिलासहित ६ जना, कचनकवलमा ४ जना, कमल र झापामा ३-३ जना, गौरादहमा १ जना र ठेगाना नखुलेका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै झापामा कुल संक्रमितको संख्या १० हजार ८९३ पुगेको छ भने आज ४२ जना निको हुँदा डिस्चार्ज हुने ६ हजार २८० पुगे । जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार ३२१ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा झापाका तीन जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।