काठमाण्डौ । गएको २४ घण्टामा नेपालमा ६ हजार ८२५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १८ हजार ५६२ पीसीआर र तीन हजार २११ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ हजार ८२५ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ७६ हजार ९३६ पुगेको छ । अहिले एक लाख एक हजार ८३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
गएको २४ घण्टामा पाँच हजार ९०४ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या चार लाख ६७ हजार ४६७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण थप ७५ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या सात हजार ६३० पुगेको छ ।