बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका २०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८८ जना महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये सबैभन्दा बढी मेचीनगरमा २२ महिलासहित ६५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बिर्तामोडमा १७ महिलासहित ३९ जनामा पनि संक्रमण भएको छ ।

यसैगरी, गौरीगञ्जमा १० महिलासहित २० जना, शिवसताक्षीमा ७ महिलासहित १६ जना, अर्जुनधारामा ५ महिलासहित १२ जना र कमल गाउँपालिकामा ५ महिलासहित १० जना संक्रमित भएका छन् ।

यस्तै, दमक, भद्रपुर र गौरादहमा ८-८ जना, कचनकवलमा ५ जना, झापा गापामा ४ जना, बाह्रदशी र बुद्धशान्तिमा १-१ जना तथा ठेगाना नखुलेका ४ महिलासहित ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ११ हजार ५४ पुगेको छ । आज झापामा कोरोना जित्नेको संख्या १८३ रहेको छ । यो सँगै निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ४६३ पुगेको छ ।

२४ घण्टाभित्र झापामा एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । दमककी ७० वर्षीया महिलाको मृत्यु भएको हो । हालसम्म कोरोनाबाट मृतकको संख्या २५२ पुगेको छ ।