झापा । झापाको बिर्तामोड नगरपालिका-९ धौलापुलबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को. ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-५ का ३० वर्षीय पशुपती राजवंशी, २८ वर्षीय दिपक चौधरी र एक १७ वर्षीय किशोरलाई हिजो साँझ ७ बजे १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।