अर्जुनधारा । विश्व वातावरण दिसको अवसरमा आज अर्जुनधारा सरसफाइ अभियानले स्वास्थ्य संस्थामा वृक्षारोपण गरेको छ ।
अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको कोभिड आइशोलेसन अस्पताल परिसरमा अभियानले वृक्षारोपण गरेको हो । अभियानका संयोजक कमल पोख्रेलको नेतृत्वमा अर्जुनधारा ४ स्थित आइशोलेसन अस्पतालमा वृक्षारोपण गरिएको हो ।
आइशोलेसन अस्पताल परिसरमा अशोका, कपुर र अघोरी जातका विरुवा रोपिएको अभियन्ता पोख्रेलले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा अभियानका सदस्यहरु विष्णु आचार्य, भरत यादव, विमल भट्टराई, मिलन राई र इसान पौडेलको उपस्थिति थियो ।