बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या ११ हजार ३७८ पुगेको छ ।
आज संक्रमितमध्ये सबैभन्दा बढी दमकका १६ महिलासहित ३७ जना रहेका छन् । यस्तै, अर्जुनधाराका १५ महिलासहित २४ जना, हल्दिबारीका ८ महिलासहित १८ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरी, भद्रपुर र गौरीगञ्जका १०-१० जना, बिर्तामोडका ९ जना, मेचीनगर, कनकाई र बाह्रदशीका ८-८ जना, शिवसताक्षीमा ७ जना, कमलमा ५ जना, झापा र बुद्धशान्तिमा ३-३ जना, ठेगाना नखुलेका र गौरादहका २-२ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार २०३ जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कुल डिस्चार्ज हुनेको संख्या ६ हजार ७४८ पुगेको छ ।
यसैबीच, बितेको २४ घण्टामा झापामा ७ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । मृत्यु हुनेमा ६ जना झापाका र १ जना मोरङका रहेका छन् ।