झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंशबाट फेरि एकजनाको ज्यान गएको छ ।

साविक बालुवाडी गाविस हाल कचनकवल ७ खेरिबारी निवासी ४३ बर्षीया रामकुमारी कुँवरको विषालु सर्पको डसाइबाट शनिवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

एक साताभित्रै कचनकवल गाउँपालिकामा विषालु सर्पको डसाइबाट दुई जनाको ज्यान गएको हो । पाँच दिनअघि कचनकवल गाउँपालिका ४ का ५९ वर्षीय चमनलाल गणेशको गोमन सर्पको डसाइबाट मृत्यु भएको थियो ।

कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ हुँदा स्थानीयले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।