बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ११५ जना महिला छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी भद्रपुर नगरपालिकाका ५४ जना छन् । त्यहाँ २३ महिलासहित ५४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, बिर्तामोडमा १४ महिलासहित ४४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मेचीनगरमा २६ जना महिलासहित ५१ जना, दमकमा १४ महिलासहित २७ जना, अर्जुनधारामा ६ महिलासहित १७ जना, बाह्रदशीमा ६ महिलासहित १८ जना, गौरादहमा ६ महिलासहित १५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, बुद्धशान्तिमा ४ महिलासहित १६ जना, शिवसताक्षीमा ७ महिलासहित ११ जना, कचनकवलमा ५ जना, कनकाईमा ९ जना, कमलमा ५ जना, झापामा १ जना र ठेगाना नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ११ हजार ७८३ पुगेको छ भने आज १५६ जना निको हुँदा घर फर्किनेको संख्या ७ हजार २४९ पुगेको छ । यस्तै, सक्रिय संक्रमितको संख्या ४ हजार २२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो सँगै झापामा मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।