बिर्तामोड । झापा अर्जुनधारा नगरपालिकाका एक युवाको गएराति कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अर्जुनधारा ७ मिलडाँडाका ३५ वर्षीय श्रेष्ठ थरका पुरुषको उपचारका क्रममा बिर्तामोडको बिएन्डसीमा मृत्यु भएको हो ।
दुई साताअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । गएको जेठ २४ गते पुनः परीक्षण गर्दा पनि रि-पोजेटिभ देखिएको थियो । उनको बिएन्डसीमा गएराति १२ बजे निधन भएको हो ।
यो सँगै अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।