विराटनगर । प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषरहित चुलोको परिकल्पना गरेको छ ।

नीति तथा कार्यक्रममा ‘मेरो कृषि मेरो पौरख’ प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम सञ्चालनमा ल्याउने, अर्गानकि कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

बीजयुक्त बाली, विषमुक्त भान्सा र अनिकालमुक्त चुलो कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारको योजना छ । भान्साबाट विष हटाउने अभियानमा आमा समूहलाई परिचालन गरिने छ ।

त्यस्तै बाँझा सबै जमिन कृषि उत्पादनमा लगाइने, बाँझो जमिन प्रयोगमा ल्याउनेलाई प्रोत्साहन दिइने, प्राङ्गारिक तथा जैविक मल उत्पादनलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । कृषि अनुदानलाई निरन्तरता दिइने र चिया बजारलाई व्यवस्थित गरिने पनि भनिएको छ।

साथै नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्यमीलाई तालिम तथा सीपका लागि प्रबन्ध मिलाइने तथा खानीको अन्वेषण तथा उत्खनन गर्न सार्वजनिक निजी साझेदारीमा पहल गरिने भनिएको छ ।

बिहीबार प्रदेश १ को प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी ुप्यासीु ले प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमको क्रममा तीव्र गतिमा काम गर्ने आधार अझै नबनेको बताउनुभएको छ ।

तीव्र गतिमा काम गर्ने आधार नबन्नुको मुख्य कारणमा प्रदेश निजामती सेवा ऐन, प्रदेश प्रहरी ऐन तथा प्रहरीको समायोजन र प्रदेशको छुट्टै आधार तयार नभएको भनिएको छ ।

यद्यपि सम्भावनायुक्त प्रदेशको रूपमा चिनाउने काम भएको भनिएको छ । प्रदेश सरकारले यसबीचमा जनसुरक्षा कोष परिचालन गरी कोभिड नियन्त्रण, रोकथाम र उपचारमा काम भएको उल्लेख गरिएको छ ।