झापा । प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा टंक बाह्रकोटीलाई नियुक्त गरेको छ ।

डा पिताम्बर ठाकुरले अवकास पाएपछि बाह्रकोटीले सो जिम्मेवारी पाएका हुन् । सात वर्षअघि नै ११औं तहमा (सहसचिव) बढुवा भएका बाह्रकोटी अस्पतालमा प्रमुख बाल रोग विशेषज्ञका रुपमा कार्यरत थिए । डा बाह्रकोटी ०६४ देखि ७०/०७१ देखि हालसम्म मेची अस्पतालमा सेवा गरिरहेका छन् ।

सरकारी स्वास्थ्य सेवामा २२ वर्षदेखि क्रियाशील डा. बाह्रकोटीले जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

डा बाह्रकोटीले अस्पतालमा भएका सेवालाई व्यवस्थित गर्ने र नभएका सेवालाई थप गर्दै जाने बताएका छन् । उनले सरकारसँग आवश्यक समन्वय गरेर मेची अस्पताललाई विकास गर्दै लैजाने प्रतिवद्धता जनाएका छन् ।