बिर्तामोड । झापामा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७३ जना महिला छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ३२ महिलासहित ६२ जना, बिर्तामोडका ८ महिलासहित २५ जना, अर्जुनधाराका ८ महिलासहित २१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, शिवसताक्षीमा ८ महिलासहित १५ जना, झापामा ७ जना, कनकाई, हल्दिबारी, बुद्धशान्ति, कचनकवल र कमलमा ४-४ जना, मेचीनगरमा ३ जना, बाह्रदशीमा २ जना र भद्रपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार १३१ जनाले कोरोना जितेर घर फर्किएका छन् । झापामा डिस्चार्ज हुनेको संख्या ९ हजार ४९३ पुगेको छ ।

झापामा कुल संक्रमितको संख्या १२ हजार २४२ पुगेको छ भने सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या २ हजार ४६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा झापाका चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमा तीन महिला र एक जना पुरुष रहेका छन् ।

कार्यालयका अनुसार शिवसताक्षीकी ६७ वर्षीया महिला, दमककी २४ वर्षीया महिला, झापा गाउँपालिकाकी २७ वर्षीया महिला र कनकाईका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।