बिर्तामोड । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा एकजना पुरुषको मृत्यु भएको हो । अर्जुनधारा ८ घर भई बिर्तामोड ५ मा बस्दै आएका ३५ वर्षिय ती पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।

उनी सुनचाँदी व्यवसायी हुन् । सामान्य बिरामी भइ उपचार गर्न बिर्ता सिटी हस्पिटल गएको बेला कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।