बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १०७ जना महिला रहेका छन् ।

त्यस्तै आज मृत्यु हुनेमा ४ जना छन् । जसमा शिवसताक्षी ८ का ५७ वर्षीय पुरुष, अर्जुनधारा ६ का ५५ वर्षीय पुरुष, उर्लाबारी ७ का ८५ वर्षीय पुरुष र बिर्तामोड १ की ७७ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी बिर्तामोडका २५ महिलासहित ५४ जना रहेका छन् । यस्तै, दमकमा ८ जना, गौरादहमा १२ जना, मेचीनगरमा २५ जना, भद्रपुरमा २५ जना, कनकाईमा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, हल्दिबारीमा ४ जना महिला, अर्जुनधारामा १५ महिलासहित २९ जना, बुद्वशान्तिमा ९ महिलासहित १७ जना, कमलमा १ जना महिला, शिवसताक्षीमा १ महिलासहित ४ जना, बाह्रदशीमा ८ महिलासहित १२ जना, झापामा २ महिलासहित ५ जना र ठेगाना नखुलेका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

योसँगै झापामा संक्रमितको संख्या १२५१७, डिस्चार्ज ९८१०, आइसोलेसनमा २४१७ जना, कुल संक्रमित एन्टिजेन १५३४ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३०६ जना पुगेको छ ।

आज निको भएर घर फर्किएका १७७ जनासहित कुल ९८१० जना पुगेको छ ।