काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार आठ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आठ हजार ६ सय ८७ जनाको आरटी-पीसीआर गर्दा दुई हजार १४ र चार हजार तीन सय ३५ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार दुई सय १६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ८२ जनासहित अहिलेसम्म पाँच लाख ४३ हजार पाँच सय २१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टा र यसअघिको प्राप्त भएको विवरणसहित थप ५२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ५८ पुगेको छ ।