0 Shares

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १०१ जना महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका ७१ जना छन् । जसमा ३५ जना महिला छन् । यस्तै, बिर्तामोडका २१ महिलासहित ३९ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, कनकाईका ११ महिलासहित २७ जना, अर्जुनधाराका १४ महिलासहित २४ जना, भद्रपुरका १६ जना, मेचीनगरका १० जना, शिवसताक्षी र बाह्रदशीका ४-४ जना, बुद्धशान्तिका ६ जना, झापाका ७ जना, हल्दिबारीका २ जना तथा कचनकवल र कमलका १-१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या १२ हजार ६३० पुगेको छ भने आज १५९ जना निको हुँदा निको हुनेको कुल संख्या ९ हजार ९६२ जना पुगेको छ । सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या २ हजार ३७३ रहेको छ ।

पछिल्लो २४ घण्टामा झापाका ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमा २ जना महिला र ३ जना पुरुष रहेका छन् ।

बाह्रदशीका ७९ वर्षीय पुरुष, भद्रपुरका ८४ वर्षीया महिला, मेचीनगरका ३९ वर्षीया महिला, मेचीनगरकै ६० वर्षीय पुरुष र हल्दिबारीका ३० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । यो सँगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३११ पुगेको छ ।