बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका २१३ जना संक्रमित निको भएर घर फर्किएका छन् । यसै अवधिमा झापाका ६ जनाको संक्रमणबाट ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार यसै अवधिमा १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६२ जना महिला रहेका छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी दमकका ३० जना रहेका छन् । यस्तै, बिर्तामोडका २३ जना, मेचीनगरमा २० जना, भद्रपुरका १४ जना, बुद्धशान्तिका १० जना, शिवसताक्षीका ८ जना, कनकाईका ७ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, गौरादहका ८ जना, अर्जुनधारा र कचनकवलका ३-३ जना, हल्दिबारी र बह्रदशीका १-१ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै झापाका कुल संक्रमितको संख्या १२ हजार ७७३ पुगेको छ ।

यसैबीच, झापाका १२८ जनाले कोरोना जितेका छन् । यो सँगै झापामा कोरोना जित्नेको संख्या १० हजार ४ सय पुगेको छ ।

पछिल्लापटक ज्यान गुमाउनेमा दमकका २ जना, बुद्धशान्ति, कचनकवल, कनकाई र बाह्रदशीका १ १ जना रहेका छन् । यो सँगै कोरोना संक्रमणका कारण झापामा ज्यान गुमाउनेको संख्या ३१८ पुगेको छ ।