काठमाडौँ । बितेको २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त हुँदा ३४ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ६३५ (पीसीआर) र २५ हजार ५७४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म ५ लाख ५३ हजार ३४२ जना संक्रमण मुक्त हुदा मृतकको कुल संख्या ८ हजार ६७५ पुगेको छ ।