काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

एमाले नेता सुरेन्द्र पाण्डेले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिनुभएको हो । पाण्डेले भन्नुभएको छ, ‘लगातार आइरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, डाक्टरको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’

नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । गएको जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका खनाललाई गएको बुधवार दिल्ली लगिएको हो । उज्यालाे अनलाइनबाट