झापा । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमानामा पर्ने बिरिङ खोलाको मध्यभागमा एक जना पुरुषको शव फेला परेको छ ।

अर्ध नग्न अवस्थाको अन्दाजी ३५ देखि ३८ वर्षीय पुरुषको शव आज बिहान खोलाको भंगालोमा फेला परेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ । शनिबार बिहान ९ः१५ बजेसम्म शवको पहिचान खुल्न सकेको छैन ।

पुरूषकाे शव अर्जुनधारा र बुद्धशान्ति गाउँपालिका जाेड्ने साधुटार-होक्से सडकखण्डमा पर्ने बिरिङ खोलामा फेला परेकाे हाे ।

मृतकको कम्मरमा डोरी बाँधिएको अवस्था छ । बिरिङ खोलाको इलाम क्षेत्रबाट बगाएर ल्याएको अनुमान गरिएको छ । प्रहरीले मुचुल्का उठाउने र पोस्टमार्टमका लागि भद्रपुर पठाउने तयारी गरिरहेको छ । खोलाभित्रबाट शवलाई प्रहरीले बाहिर निकालेको छ ।