झापा । लेखक तथा साहित्यकार तेजराज खतिवडा (तेराख) को आज दिउँसो निधन भएको छ ।
मेचीनगर ९ धुलाबारी निवासी खतिवडाको आज दिउँसो १ः२५ बजे बिराट नर्सिङ्ग होम विराटनगरमा उपचारका क्रममा निधन भएको हो । सिकिस्त अबस्थामा उनको एक सतादेखि त्यहाँ उपचार भइरहेको थियो । हिजोदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
प्रगतिशील साहित्यकार खतिवडाको २००१ साल बैशाख १ गते तत्कालीन शान्तिनगर ४ इरौंटारमा जन्म भएको थियो । उनका आधा दर्जनबढी कृतिहरु प्रकाशित छन् । उनको निधनले साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
काव्य-कविताहरु प्रिया (खण्डकाव्य), प्रिय शान्तिनगर (खण्डकाव्य), अलपत्रेका फूलहरु (कविता संग्रह), पश्चिमी हवा, कथा संग्रहहरु सिमीको बोट, मेको प्रेम, निबन्धहरु ढाडेका नाकमा घिऊ, म आगो र पानीहरु, नाटकहरु अझै यहाँ उस्तै छ , टेस्ट ट्यूब बेबी, उपन्यासहरु रातको बाह्र बजे, सर्वजा, अवस्थल, वाङ्मयहरु महिलाहरुमा झापालीको सन्देश, गोल चिन्तन (विज्ञान दर्शन), खोजमा महानन्द दर्पण (भाषाशास्त्री महानन्दको परिचय) र मय विधाको प्रस्तावना उनका कृति हुन् ।