बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले आइतबार साँझ १० हजार नाघेको संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो ।
स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईले पहिलो र दोस्रो लहरमा गरी संक्रमितको संख्या १४ हजार २ सय २० पुगेको जानकारी दिए । सरकारले आइतबारसम्म झापामा ५९ हजार ५ सय २० जनाको कोरोना परीक्षण गरेको छ ।
अहिलेसम्म झापामा १२ हजार ४६३ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिले विभिन्न आइशोलेसनमा १ हजार ४२६ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार आइतबार १३२ जना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै संक्रमित दमक र बिर्तामोडमा फेला परेका हुन् । झापामा सक्रिय संक्रमितको संख्या १४ सय २६ छ । यो अवधिमा ३५९ जनाको मृत्यु भएको छ ।