(एजेन्सी) । जेलबाट रिहा भएपछि अमेरिकी र्‍यापरले निकै दर्दनाक मृत्यु पाएका छन् । जेल बाहिर कुरेर बसेका अपराधीले उनीमाथि गोलीको वर्षा गरेका छन् ।

अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भयो । प्रहरीका अनुसार उनको शरीरमा ६४ वटा गोली हानिएको छ । यस्तै घटनापछि प्रहरी अज्ञात हमलाकर्ताको खोजीमा जुटेको छ ।

स्रोतका अनुसार अमेरिकाका ३१ वर्षीय र्‍यापर लौन्ड्रे सिलवेस्टरको शिकागोको जेलबाट रिहा भएलगत्तै हत्या भएको छ । शनिबार जब उनी जेलबाट रिहा भए तब उनीमाथि हमला भयो । गोली लागेपछि उनलाई अस्पताल पुर्याइयो जहाँ उनलाई मृतक घोषणा गरियो ।

प्रहरीले दिएको जानकारी अनुसार जेलबाट रिहा भएपछि सिलवेस्टर घर फर्कनका लागि गाडी कुरिररहेका बेला उनीमाथि हमला भएको हो । भिन्न गाडीमा सवार अपराधीले सिलवेस्टरमाथि अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । र्‍यापरको टाउकोदेखि शरीरका विभिन्न हिस्सामा ६४ वटा गोली हानियो ।

प्रहरीका अनुसार सिलवेस्टरसहित एक ६१ र ३० वर्षीया महिलालाई पनि गोली लागेको छ । यी दुबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । यी दुबै खतरामुक्त भएको बताइएको छ ।

उता गोली हानेपछि हमलाकर्ता घटनास्थलबाट फरार भए । शिकागो प्रहरी हमलाकर्ताको खोजीमा जुटेको छ । शिकागो ट्रिब्यूनका अनुसार सिलवेस्टले ५ हजार डलरको जमानतपछि रिहा भएका थिए ।

स्मरण रहोस्, पछिल्लो केही समयमा शिकागोमा गोलीबारी र अपराधको घटनामा अत्यधिक वृद्धि भएको छ । यस विषयमा प्रहरी उच्चाधिकारी निकै चिन्तित छन् ।