बिर्तामोड । झापामा साउन १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । निषेधाज्ञा लम्ब्याइए पनि झ खुकुलो बनाइएको छ ।
आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न डीसीसीएमसीको बैठकले ८ गतेदेखि १४ गतेसम्मलाई निषेधाज्ञा थप गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।
बैठकले बजार साँझ ७ बजेसम्म सञ्चालन गर्ने दिने, लामो तथा छोटो दूरीको सवारी आवागमनमा रोक नलगाउने निर्णय गरेको छ ।
पछिल्लो हप्तादेखि जिल्लामा निषेधाज्ञालाई खुकुलो बनाइएको छ । आजको निर्णयले थप खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमण दर बढ्दै गइरहेको छ । अन्य निर्णयहरु यथावत रहेको बताइएको छ ।