बिर्तामोड । झापामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आउन सकेको छैन । आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोडका दुई जना रहेका छन् । बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । त्यस्तै दमककी ३० वर्षिया महिला , गौरीगञ्जका २४ वर्षिय पुरुष र इलामका ८७ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ४२५ पुगेको छ ।

यसैगरी आज झापाका २२३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाका १३४ महिला र ८९ जना पुरुषलाई संक्रमण देखिएको हो । योसँगै झापामा कूल संक्रमितको सँख्या २० हजार ४९२ पुगेको छ ।

त्यसमध्ये १४ हजार ५८१ जना डिस्चार्ज भएका छन् । जिल्लामा २७९२ जना सक्रिय संक्रमित भइ विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।