झापा । स्रोत नखुलेको ४० लाख नगदसहित एक व्यक्ति झापामा पक्राउ परेका छन् ।

आज दिउँसो १२ बजे झापा गाउँपालिका वडा नं. २ बेलाईतिबारीमा सोही ठाउँ बस्ने ४६ वर्षिय गौरी मण्डललाई भारतबाट नेपालतर्फ लुकाइछिपाई ल्याउँदै गरेको नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट स्रोत नखुलेको ४० लाख ३७ हजार ६७० नेपाली रुपैयाँसहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको टोलीले नगद बरामद गरी आवश्यक कार्वाहीको लागि जिप्रका झापा ल्याएको प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले बताए ।