विराटनगर । प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन् ।

चालू अधिवेशनबाट प्रदेशको नाम राख्न मुख्यमन्त्री राईको तयारी छ । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् ।

यसका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेका छन् । छलफलका क्रममा दलका नेताहरुले आआफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका छन् । रातोपाटीबाट