विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमित थपिएका छन् ।

२ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ र १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा १८८, सुनसरीमा १७३, धनकुटामा १२, उदयपुर र तेह्रथुममा ५-५, इलाममा ४, भोजपुरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १-१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ७४, विर्तामोडमा ५७, भद्रपुरमा ३९, मेचीनगरमा २४, कनकाईमा १७, अर्जुनधारामा १४, शिवसताक्षीमा १३, बाह्रदशीमा ११, बुद्धशान्तिमा ६, कमल गाउँपालिकामा ५, हल्दिबारीमा ४, गौरादहमा २ जना छन् ।

यस्तै, मोरङको लेटाङमा ५०, विराटनगरमा ४१, बेलबारीमा ३९, केराबारीमा २९, सुन्दरहरैचामा ९, उर्लाबारीमा ५, बुढीगंगा, ग्रामथान, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका २-२, कटहरी, मिक्लाजुङ, रतुवामाई, रंगेली, कानेपोखरी, धनपालथान र सुनबर्षीमा १-१ जना छन् ।

यसैगरी, सुनसरीको धरानमा ११७, इटहरीमा ४४, रामधुनीमा ५, बराहक्षेत्रमा ३, इनरुवामा २, देवानगञ्ज र बर्जुमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा ४, शहिदभूमी, छथर र स्थानीय तह नखुलेका १-१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै उदयपुरको त्रियुगा र उदयपुरगढीमा २-२, चौदण्डीगढीमा १, तेह्रथुमको म्याङलुङमा ३, आठराई र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिका, षडानन्द र अरुणमा १-१, ताप्लेजुङ र ओखलढुङ्गा र संखुवासभामा १-१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय महिला र १०१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।