बिर्तामोड । झापाका पेट्रोल पम्पहरुमा कार्यरत कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालय झापालाई निर्देशन दिइएको छ ।

शनिबार झापा कोभिड खोप व्यवस्थापन समितिको बैठकले जिल्लाभरका पेट्रोल पम्पहरुमा काम गर्ने कर्मचारीलाई खोप लगाइदिन निर्देशन दिएको हो ।

झापाका पेट्रोल पम्पहरुमा कार्यरत ३०० जना कामदारलाई नेपाल आयल निगमको चारआली डिपोमा जोन्सन कम्पनीको अमेरिकी खोप लगाइने समेत निर्णय भएको छ ।

पेट्रोल पम्पमा धेरै सेवाग्राही आउने गरेको र कामदारहरु कोरोना संक्रमणको जोखिममा परेको भनेर व्यवसायीहरुले धेरै पहिलेदेखि खोपको माग गर्दै आएका थिए ।