इलाम । कोरोना माहामरीका कारण आइतबार इलाममा चार जनाले ज्यान गुमाएका छन् । कोरोना भाइसरको संक्रमणबाट जिल्लामा एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलाम नगरपालिकाकी ४१ र ४३ वर्षका दुई महिला, रोङ गाउपालिका वडा नम्बर-३ का एक पुरुष र माङसेबुङ्ग गाउँपालिका वडा नम्बर-४ की ६५ वर्षकी महिलाको मृत्यु भएको हो । एकैदिन चार जनाले ज्यान गुमाएपछि इलाममा भोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

आइतबार इलाममा ७६ जनामा संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा १८ महिला र २९ पुरुष गरी ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ६ महिला र नौ पुरुष गरेर १५ जना, देउमाई नगरपालिकामा चार महिला र तीन पुरुष गरी सात जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

माइजोगमाई गाउँपालिकामा तीन महिला र दुई पुरुष गरेर पाँच जना, फाकफोकथुममा एक पुरुष र सन्दकपुर गाउँपालिकामा एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको अध्यावधिक तथ्याङ्कमा उल्लेख छ ।