मोरङ । प्रदेश १ मा सोमबार कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मुलुकभर कोरोना सङ्क्रमणबाट सोमबार २३ जनाले मृत्यु हुँदा ११ जना प्रदेश १ का रहेका छन् । त्यसैगरी सोमबार प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण थपिएका छन् । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र तेह्रथुममा २-२, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६५, बेलबारीमा १६, सुन्दरहरैचामा १४, पथरीशनिश्चरेमा १२, उर्लाबारीमा ९, बुढीगंगामा ७, केराबारी र लेटाङमा ३-३, कानेपोखरीमा २, ग्रामथानमा १, सुनसरीको धरानमा ५२, इटहरीमा ४४, दुहवी र रामधुनी र बराहक्षेत्रमा ४-४, इनरुवामा ३, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका १-१ जना रहेका छन् ।

यस्तै, झापाको दमकमा ३२, भद्रपुरमा २६, मेचीनगरमा १८, विर्तामोडमा १६, अर्जुनधारा र हल्दीबारीमा ५-५, कनकाई, कमल गाउँपालिका र गौरादहमा २-२, गौरीगञ्ज, कचनकवल र बुद्धशान्तिमा १-१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ​धनकुटाको धनकुटा नगरपालिकामा १४, छ थर र महालक्ष्मीमा ३-३, पाख्रिबासमा २, शहिदभूमिमा १, इलामको चुलाचुलीमा ४, रोङ र सुर्योदयमा १-१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १-१ र स्थानीय तह नखुलेका २, खोटाङको साकेलमा १ र स्थानीय तह नखुलेका २ जना छन् ।

पाँचथरको फालेलुङ र स्थानीय तह नखुलेका १-१, तेह्रथुममा २, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ८३४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७९ महिला र ४५५ पुरुष रहेको छन् ।