झापा । भद्रपुर नगरपालिकाको नगर युवा परिषद्ले युवा पत्रकार पार्थ मण्डललाई सम्मान गरेको छ ।

‘खाद्य प्रणालीमा रूपान्तरण: मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नगर युवा परिषद्ले युवा पत्रकार रुपमा मण्डललाई सम्मान गरेको हो ।

नगरपालिकामा बिहीबार आयोजित युवा सम्वाद तथा सम्मान कार्यक्रममा नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले दोसल्ला ओढाएर पत्रकार मण्डललाई सम्मान पत्र प्रदान गरेका थिए ।

प्रेस क्लव भद्रपुरका सचिवसमेत रहेका पत्रकार मण्डल पूर्वाञ्चल दैनिक, थाहाखबर, एबिसी टेलिभिजन, हिमालयन टाइम्स, मकालु टेलिभिजन, सूर्योदय टेलिभिजन, आँगन एफएम र टाइम्स अफ प्रदेशलगायतका मिडियामा आवद्ध छन् ।

नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सरोज ढकालको संयोजनमा भएको कार्यक्रमको सञ्चालन नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेम भुजेलले गरेका थिए ।