झापा । आज दिउँसो मेचीनगरमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठेगाना नखुलेका मागेर खाइहिँड्ने अन्दाजी बर्ष ५० वर्षका बमबहादुर कार्की नामले चिनिएका ब्यक्ति रहेको स्थानीयले बताएका छन् ।
शुक्रबार दिउँसो १ः४५ बजे मेचीनगर १२ धिमाल बस्तीमा पात्र धिमालको पोखरीमा डुबेर उनको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्न पसेकोमा ननिस्केपछि स्थानीयले प्रहरी चौकी चारआली खबर गरेका थिए ।
जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी सहायक निरीक्षकको टोली र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोलीले पोखरीको पानी फालेर शव फेला पारेको थियो ।
कार्कीको शव पोखरीको बीचमा फेला परेको थियो । उनको कालो टोपी, चपल, हाफपेन्ट र मोवाईल पोखरीको डिलमा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।