बिर्तामोड । आफ्नै दाजुको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् ।

उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित डेरा गरी बस्ने रतनलालले आफ्नै दाजु ५० वर्षिय भाद्रु राजवंशीको शनिबार राति कुटेर हत्या गरेका थिए ।

लिटल फ्लावर्स स्कुल छेउमा खेमप्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने अटो चालक रतनलाल आफू सुत्ने कोठामा हिजो बिहान मृत फेला परेका थिए ।

उनको टाउको र अनुहारमा चोट थियो । घटनापछि रतनलाल आफ्ना ९ वर्षिय छोरा श्रीमन राजवंशीलाई साइकलमा लिएर भागेका थिए ।

शनिवार राति १२ बजे दाजुभाइबीच सामान्य विवाद भएको थियो । उनले प्रहरीसमक्ष दाइको हत्या गरेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मृतकका छोरा १५ वर्षिय देवनारायण राजवंशीले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो ।