मेचीनगर । जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिला घाइते भएकी छन् ।

तीज मनाउन माइत आएकी महिला आक्रमणबाट घाइते भएकी हुन् । मध्यरातमा दुई वटाको सँख्यामा आएका हात्तीले मेचीनगर १३ का यमकान्त घिमिरे र दिलबहादुर मग्रान्तीको घर भत्काएको छ ।

आफ्नो बच्चासहित माईती घरमा सुतिरहेकी रेजिना घिमिरे आक्रमणबाट घाइते भएकी हुन् । उनको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको वडा अध्यक्ष कृष्णराज सिग्देलले बताए ।

हात्तीले नयाँ आइतबारे बजार दक्षिण बालीमा समेत क्षति गरेको वडाध्यक्ष सिग्देलले जानकारी दिएका छन् ।