आर्थिक सहयोग जुटाउने एलाइट युथका सदस्यहरु । उपचारका क्रममा राजु (माथि) र अष्ट्रेलियामा रहेका मनिष कार्की (तल)।

बिर्तामोड । कलाकार राजु चौधरीको स्वास्थ्योपचारका लागि सहयोग जुटाउने क्रममा संकलित रकम हस्तान्तरण गरिएको छ ।

ए प्लास्टिक एनिमियाबाट पीडित बनेका राजुलाई थप उपचारका लागि भारतको दिल्ली लगिएको छ ।

उनका शुभचिन्तक तथा सहयोगीहरुले देशका विभिन्न स्थानबाट सहयोग संकलन गरिरहेका छन् । त्यस्तै, विदेशबाट पनि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

यसैबीच, बिर्तामोडस्थित एलाइट युथ क्लब बटारेको पहलमा १ लाख १४ हजार ५ सय रुपैयाँ राजुको उपचारका लागि सहयोग जुटेको छ । क्लबका सदस्य तथा क्लबले संयोजन गरेको सांगीतिक कार्यक्रमबाट उक्त रकम जुटेको क्लबका सदस्य विशाल अग्रवालले बताए ।

यसैगरी, अष्ट्रेलियामा बस्दै आएका क्लबका सक्रिय सदस्य मनिष कार्कीको पहलमा १ लाख १५ हजार ५० रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।

कार्कीको पहलमा काँकरभिट्टा समाज अष्ट्रेलियाको तर्फबाट एकमुष्ट ७५ हजार सहयोग प्राप्त भएको हो । बाँकी रकम विभिन्न सहयोगी हातहरुबाट जुटेको सदस्य कार्कीले बताए । उनले सबै सहयोगीहरुलाई धन्यवाद पनि दिएका छन् ।

दुवै संकलित रकम राजु चौधरीको नाममा रहेको बैंक खातामा जम्मा गरिसकिएको क्लबका सदस्य अग्रवालले जानकारी दिएका छन् ।

अहिले भारत नयाँ दिल्लीको बीएल कपूर अस्पतालमा राजुको उपचार भइरहेको छ । राजु बिर्तामोडको रेडियम ब्यान्डका गायक तथा गितारिस्ट हुन् ।