पाँचथर । हिलिहाङ गाउँपालिका ७ सल्लेरीकी ४ वर्षीया बालिका बेपत्ता भएको ९ दिनपछि मृत फेला परेकी छन् ।

भदौ २१ गते हेँवा खोलामा साथीहरुसँगै नुहाउन गएकी गजेन्द्र योङयाको छोरी त्यही क्रममा बेपत्ता भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार उनको शव हराएको स्थानदेखि एक किलोमिटर तल ढुंगामा अड्केको अवस्थामा फेला परेको हो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको विश्वकर्माले बताए । घटनास्थल सदरमुकाम फिदिमबाट १० किलोमिटर दूरीमा रहेको छ ।