झिलझिले । झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई माईको नहरमा एक जनाको पुरुषको शव फेला परेको छ ।

नगरको वडा नं ६ स्थित कनकाई नहरको ३ नम्बर साइफनमा एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

उक्त शव शिवसताक्षी ६ का ३९ वर्षीय अच्युतानन्द नेपालको रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनी अपाङ्गता भएका व्यक्ति हुन् ।

शब फेला परेको स्थानदेखि ५० मिटर नजिकमा उनले चलाउने साइकल फेला परेको छ । मृतक शिवसताक्षी नगरपालिकाको नगरस्तरीय अपाङ्गता परिचयपत्र कार्ड वितरण समितिका सदस्यसमेत रहेको बताइएको छ ।