झापा । संविधान दिवस तथा विश्व सरसफाई दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपालले झापाको विभिन्न स्थानमा सरसफाइ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापा तथा मातहत सुरक्षा बेश र बिओपीहरुद्वारा झापा जिल्लाका विभिन्न स्थानहरुमा सरसफाइ गरिएको हो ।

भद्रपुर क्षेत्रमा शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म स्थानीय, उद्योग वाणिज्य संघ भद्रपुरलगायत सम्बन्धित ब्यवस्थापन समितिहरुसँग सहकार्य गरी सरसफाई गरिनुका साथै मास्क वितरण गरिएको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाईले बताए ।

उनले भद्रपुर ९ स्थित दुर्गा मन्दिर, भद्रपुर ८ स्थित अस्पताल चोक, कचनकवल १ मा रहेको दुर्गा मन्दिर, दमक २ स्थित बेलडाँगी बिशेश्वर शिवालय मन्दिरमा सरसफाइ गरिएको बताए ।

उनका अनुसार गौरादह ९ मा रहेको शिवालय मन्दिर (खजुरबारी), अर्जुनधारा ७ मा अवस्थित अर्जुनधारा मन्दिर र झापा गापा १ मा रहेको सितुमारी किरातेश्वर मन्दिरमा सरसफाइ गरिएको जानकारी दिए ।